सिंहदरबारमा सचिव हेरफेर : काे कहाँ ?


काठमाण्डु – सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र मन्त्रालयका सचिवहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरे पनि सोमबार सम्बन्धित सचिवहरूलाई पत्र दिइएको छ ।

सरकारले ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरेको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग सचिवको जिम्मेवारीमा सरुवा गरिएको छ ।

उद्योग सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ