नयाँ गठबन्धनमा सहभागि हुन माधव नेपाल सकारात्मक


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले कोटेश्वर पुगेर माधव नेपालसँग भेटवार्ता गरेका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्र सहितको नयाँ गठबन्धनमा आउन प्रचण्ड ओलीले उनलाई औपचारिक प्रस्ताव गरे । जवाफमा माधव नेपालले बुधवार बस्ने पार्टीको बैठकबाट उपयुक्त निर्णय लिने बताए ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले सकारात्मक जवाफ आएको बताएका छन् । नयाँ सत्ता गठबन्धनमा आफू छुटेपछि असन्तुष्ट बनेका नेपाललाई फकाउन दोस्रो दिन प्रचण्डले ओलीलाई समेत लगेर नेपालसँग छलफल गरेका हुन् । सोमबार प्रचण्ड र पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपाल निवास पुगेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ