भीआईपी सवारीका नाममा सडक बन्द नगराउन सर्वाेच्च अदालतको परमादेश


काठमाण्डु – सर्वोच्च अदालतले भीआईपी सवारीका नाममा सडक बन्द नगराउन सरकारका नाममा परमादेश जारी गरेको छ ।

अधिवक्ता ज्ञानेश्वर कोइरालाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्याायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले सडक बन्द नगराउन आदेश जारी गरेको हो ।

भीआईपीको सवारीका नाममा सडक बन्द गराउँदा सर्वसाधारणले सास्ती खेप्नुपरेपछि अधिवक्ता कोइरालाले २०७४ माघ १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । भीईपीका नाममा सडक बन्द गराउँदा सर्वसाधारण नागरिकको स्वतन्त्रता नै हनन् भएको जिकिर गर्दै अधिवक्ता कोइरालाले रिट दायर गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ