यू-१९ विश्वकपमा बुधवार बंगलादेशसँग नेपाल भिड्दै


काठमाण्डु- आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानलाई हराउदौ ‘सुपर सिक्स’ मा पुगेको नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । नेपाल र बंगलादेशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार बुधवार दिउँसो पौने २ बजे सुरु हुने भएको हो ।

समूहगत चरणको खेलमा नेपाल तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेको थियो । बुधवार हुने खेल अन्तर्गत बंगलादेशलाई हराएर सेमिफाइलनमा पुग्ने सम्भावना कायम राख्न राख्ने दाउमा नेपाल छ ।

त्यस्तै बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा नेपाललाई पराजित गरेर सेमिफाइनलको बाटो खुला गर्न चाहन्छ । यसअघि नेपाल र बंगलादेशको भेट दुई पटक भएको थियो । जसमध्ये एकमा नेपाल र अर्कोमा बंगलादेश विजयी भएको थियो । त्यस्तै ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो दोस्रो खेल आगामी शुक्रबार भारतसँग खेल्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ