रामबहादुर बमजन पक्राउ


आफूलाई धर्मगुरु बताउने रामबहादुर (रामलाल) बमजन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

तपश्वीको भेषमा अनुयायीको हत्या, बेपत्ता तथा आफ्नै आश्रमकी आनीमाथि बलात्कारजस्ता गम्भीर अभियोगमा प्रहरीले उनलाई खोजी रहेको थियो । उनी लामो समयदेखि फरार रहँदै आएका थिए ।

बाराको हलखोरिया जंगलमा लामो समयसम्म तपस्या गरेर चर्चा कमाएका बमजनविरुद्ध २३ फागुन ०७६ मा जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि प्रहरीले तीनपटकसम्म उनी बस्दै आएको भनिएको सिन्धुलीस्थित आश्रममा छापा हाने पनि उनी फेला परेका थिएनन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ