राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने गठबन्धनको निर्णय

सबै सिटमा उम्मेदवार उठाउने एमालेको निर्णयसँगै चुनावी सहकार्यको ‘च्याप्टर क्लोज’


राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुन दललाई कति स्थान दिने निष्कर्ष आज साँझ हुने सत्तारुढ दलको बैठकले निकाल्ने भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज सत्तासाझेदार चार दलका शीर्ष नेताबीच छलफल भएको र आजै साँझ बस्ने अर्को बैठकले निष्कर्ष निकाल्ने सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए। पहिलो चरणमा ४ बजे प्रमुख चार राजनीतिक दल र ५ बजे गठबन्धनमा आबद्ध सबै दलको बैठक बोलाइएको नेता लेखकले जानकारी दिए।

साँझको बैठकमा सत्तासाझेदार सबै दललाई आमन्त्रण गरिएको छ। यसबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग पनि मिलेर जाने विषयमा छलफल भएको उनले बताए।

एमालेले राष्ट्रिय सभामा रिक्त सबै स्थानमा उम्मेदवारी दिने घोषणा गरेको छ। एमालेको घोषणापछि गठबन्धनमा सहभागी दलका बीचमा नै सिट बाँडफाँट गरेर जाने सहमति भएको नेता लेखकले बताए।

‘बृहत् लोकतान्त्रिक धारणाका साथ राष्ट्रिय सभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि तत्काल सम्भव हुन सकेन,’ नेता लेखकले भने।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ