आजको दिन विद्युत् व्यापारका दृष्टिले कोसेढुंगा : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता भएको बताउँदै आजको दिन विद्युत् व्यापारका दृष्टिले कोसेढुंगा हुने विश्वास व्यक्त गरेका छन्।

बिहीबार दिउँसो रामेछापको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशसचिव एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुनेमा जोड दिएका हुन्।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘मेरो भारत भ्रमणका क्रममा नै नेपालले १० वर्षमा १० हजार विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको थियो। भारतका विदेशमन्त्रीको नेपाल भ्रमणले अब नेपालले विद्युत् निर्यात गर्ने ठोस सम्झौता भएको छ। यो आफैँमा ऐतिहासिक उपलब्धि हो। भारतमा मात्रै होइन, बंगलादेशसँग समेत विद्युत् निर्यातको ढोका खुलेको छ। अब भारतको ग्रिड प्रयोग गरी बंगलादेशसँग विद्युत् व्यापार हुनेछ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ