युक्रेनमा हिंसा अन्त्य गर्न पुटिनलाई भारतीय प्रधानमन्त्री मोदीको आग्रह


काठमाडौँ   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । मोदीले पुटिनसँगको टेलिफोन कुराकानीमा यस्तो आग्रह गरेका हुन् ।
मोदीले ‘रुस र नेटो समूहबीचको मतभेद इमानदार र निष्कपट वार्ताबाट मात्र समाधान गर्न सकिन्छ भन्ने आफ्नो लामो समयदेखिको विश्वास दोहोर्याए’, उनको कार्यालयले एक विज्ञप्तिमा भनेको छ ।

मोदीले हिंसाको तत्काल अन्त्यको अपिल गर्दै कुटनीतिक वार्ता र संवादको बाटोमा फर्कन सबै पक्षबाट ठोस प्रयासका लागि आह्वान गरेका छन् । भारतले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन । र प्रतिबन्ध पनि लगाएको छैन । सोभियत संघको समयदेखि यी दुई देशबीच घनिष्ठ सम्बन्ध छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ